तानसेन पहिरोमा पुरिएका ३ जना मृतकको सनाखत (अपडेट)

२०७७, ९ असार मंगलवार ०९:४४

पाल्पा । सोमबार पाल्पाको सदरमुकाम तानसेन नगरपालिका वडा नंं ११ सम्मोबारीमा पहिरोमा पुरिएर मृत्यु भएका ३ जनाको सनाखत भएको छ । मृत्यु हनेहरुमा पाल्पा रिव्दीकोट गाउँपालिका वडा नंं २ देउरालीका ३२ बर्षिय भुवन खाम्चा, कार्भे पाचखाल नगरपालिका वडा नंं ८ हुम्के बजारका निवेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका वडा नंं २९ बाङ्गेसालका २३ बर्षिय विर बहादुर गुरुङ रहेका पाल्पा प्रहरीले पुष्टि गरेको छ । हिजो बेलुका ५ बजेको समयमा झरेको पहिरोमा परी घटनास्थमै २ जना, मिशन अस्पतालमा उपचारको क्रममा एक जनाको मृत्यु भएको थियो । पहिरोमा ४ वटा सवारी साधन पुरिएका अवस्थामा भेटिएका छन । पुरिएका सवारी साधनहरुमा लु १ क १९२८ टयाक्टर, लु २ ख १३७६ नम्वरको ट्रक, लु १ च ७०४३ नम्वरको बलेरो र लु १ च ७०११ नम्वरको कार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन गिरीले बताए ।
थप सवारी साधन र मानविय क्षति भएको हुन सक्ने भन्दै अहिले विहानै देखी प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना पहिरोस्थमा परिचालन भएको सूचना अधिकारी गिरीले बताए । हिजो राती भई पानी परेपछि खोजविन कार्य रोकिएको थियो । तानसेन बाट रिडि तम्घास तर्फ जादै गरेका सवारी साधनहरु तानपा ११ सम्मोवारीमा झरेको पहिरोको कारण रोकिएको अवस्था रहेेेका थिए । तिनै रोकिएका सवारीसाधनमा पुन पहिरो झरी बगाएको हो ।

Comments

ताजा खबर