BREAKING : तानसेन पहिरोमा मृत्यु हुनेको संख्या ३ पुग्यो

२०७७, ८ असार सोमबार २०:४३

पाल्पा । तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । तिनजना मध्ये दुईजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मिसन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिएका छन् । काफ्लेका अनुसार मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।

तानसेन बाट रिडी तर्फ जाँदै गरेका सवारी साधन लाई पहिरोले बगाएको हो । पहिरोमा २ गाडी पुरिएको अवस्थामा रहेका छन । अहिले एक वटा मोटरसाइकल पनि पहिरोले पुरिएको अवस्थामा भेटिएको छ । एक वटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाएको अवस्थामा रहेका छन । स्थानीय तहहरुले वर्षातसँगै जथाभावी बाटो निर्माण गरेपछि पाल्पामा पहिरोको जोखिम बढेको छ ।

पहिरो गएको स्थानमा तानसेन नगरपालिकाले केही समयदेखि बाटो चौडा गरेको थियो ।२ दिन देखी लगातार को बर्षाले तानसेन नगरपालिकाको ढुङ्गाखानी, सम्मोबारी, तिनलाकुरि, बर्तुङ्ग, लगाएत पाल्पाका १ दर्जन भन्दा धेरै स्थानमा पहिरो गएको छ ।

थप विवरण दिने प्रयासमा छौ ।

Comments

ताजा खबर