पहिरोले ४ सवारीसाधन पुरिँदा २ को मृत्यु, थप विवरण बाँकी

२०७७, ८ असार सोमबार १९:२९

पाल्पा । पाल्पा – गुल्मी सडकखण्डको तानसेन ११ बन्दीपोखरा स्थित सम्मोबारीमा पहिरोले गाडी पुरिएको छ । पहिरोमा परी गाडीमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु भएका दुई जना पुरुष रहेका छन । घटनामा एक जना पुरुष घाइते भएका छन ।

घाइते तथा मृतक सबैजनाको सनाखत भएको छैन । घाइतेको उपचारका लागी तानसेन तर्फ पठाइएको छ । ४ वटा गाडीहरू पहिरोले बगाएको घटनास्थलबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक पृथ्वीनारायण काफ्लेले बताए । उनका अनुसार लु१त १९२८ नम्बर को टेङकर, लु२ख १३७६ नम्बरको मिनिट्रक, लु१च ७०११ नम्बरको कार, लु१च ७०४३ नम्बरको पिकअप भ्यानलाई पहिरोले पुरेको हो। तानसेनबाट रीडीतर्फ जादै गरेका सवारी साधन पहिरोले पुरिएका हुन । बाटो जाम भै लाइनमा बसेका सवारी साधन पुरिएका हुन । गाडीहरु क्षतविक्षत् अवस्थामा भीरमा अड्किएका छन । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय उद्वार कार्यमा जुटिरहेका प्रनानी काफ्लेले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Comments

ताजा खबर