कोरोना संक्रमित ५ सय ३५ नयाँ संक्रमित, संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो

२०७७, ८ असार सोमबार १६:३९

काठमाडौं – सोमबार थप ५ सय ३५ जना नयाँ थपिएका छन् । योसंगै संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो ।

हालसम्म २ हजार १ सय ४२ जना उपचारपछि निको भएका छन् ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले सो जानकारी दिएका हुन् ।

सरकारले पछिल्लो समय दैनिक १० हजार स्वाबको परीक्षण गर्ने गरी तयारी थालेको छ। अहिलेसम्म पिसिआर प्रविधिबाट १ लाख ८१ हजार ३ सय  जनाको स्वाब परीक्षण भइसकेको छ।

नेपालमा अहिले रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोनाको संक्रमण देखिएको गौतमले जानकारी दिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु