सुनको मुल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला ९१ हजार

२०७७, ८ असार सोमबार १६:१३

काठमाडौं – सुनको मूल्य प्रतितोला ४ सयले बढेर ९१ हजार रुपैया पुगेको छ ।

नेपाल सुनचाँची व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा ४ सयले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा ४ सयले बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलमा ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मुल्य अत्याधिक बढ्नुका कारण सर्वसाधारण लाई मार परेको छ ।

Comments

ताजा खबर