एउटै गाउँपालिकामा थप ८० सहित ८२ जनामा काेराेना सङक्रमण

२०७७, ८ असार सोमबार १५:३८

पाल्पा । पाल्पामा थप ८२ जनामा काेराेना संक्रमण देखिएको छ । पूर्वखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ८० जना र माथागढी गाउँपालिकाका थप २ जनामा सङक्रमण देखिएको हाे ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा १ सय ३९ जनाको रिपोर्ट आउँदा ८० जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ॐ प्रकाश पन्थीले जानकारी दिए । संक्रमण भएकाहरु ३ देखी ५८ वर्ष उमेर समुहका छन् ।  उनीहरु सबै भारतबाट आएर गणपती, जनउज्वल र अकला विद्यालयको क्वारेन्टाईनमा बसेका व्यक्ति हुन् । सङक्रमितहरुलाई कहाँ राख्ने भन्ने छलफल भैरहेको रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस अघि पूर्वखोला गाउँपालिका का एक जना सक्रमितको उपचारको क्रममा मत्यु भएको थियो । सक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Comments

ताजा खबर