वाढीले बगाउँदा एक महिलाको मृत्यु

२०७७, ८ असार सोमबार १४:२१

पाल्पा । लगातारको वर्षा संगै अएको वाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । रम्भा गाउँपालिका १ हुँगीमा र्झिदी खोलाले बगाउँदा खोलाखेत हुँगीकी ७१ वर्षकी मनकुमारी सारुको मृत्यु भएको वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले वताए । दैनिक उपभोग्य सामग्री किन्नको लागि हुँगीको पन्टार बजार आउँदै गर्दा उनलाइ खाेलाले बगाएको थियो । स्थानीयले खोजी गर्ने क्रममा उनको शव कालिगण्डकी नदी किनारमा फेला पारेका थिए । उनीसँगै गएकी अर्की एक महिला भने सकुशल रहेकी छन् ।  जिल्ला प्रहरी कार्यालय पाल्पाको उध्दार टिम घटनास्थल तर्फ  गएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । फाइल फाेटाे ।

Comments

ताजा खबर