सोमबारको मौसम गण्डकी र ५ नम्बर प्रदेशमा भारी वर्षाको सम्भावना

२०७७, ८ असार सोमबार ०८:२०

काठमाडौँ । नेपालमा मनसुन सक्रिय भएसंगै निरन्तर पानी पर्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य बदली रही देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ  ।महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार सोमबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेका पूर्वानुमानमा उल्लेख छ ।

यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेशका केहि स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै सोमबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेे छ ।

मनसुनको प्रभाव बढेसंगै बाढीपहिरोको जोखिम बढेको छ । जोखिम न्यूनीकरणका लागी पुर्बतयारी रहन आवस्यक छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु