गण्डकी प्रदेशमा २० सन्क्रमित थपिए

२०७७, ८ असार सोमबार ०७:४३

पोखरा । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितहरु स्याङ्जाका १२ र नवलपरासी पुर्ब का ८ जना रहेका छन । जसमध्ये २ महिला र १८ पुरुष रहेका छन । उनिहरु ६ देखि ५० बर्ष उमेर समुहका रहेका छन  ।  संक्रमण भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमण भएका सबैजना भारतबाट फर्किएका हुन । सबैजना लाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

 

Comments

ताजा खबर