कतारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ८७,३६९

२०७७, ७ असार आईतवार १९:४८

कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ८७,३६९ पुगेको छ ।कतार स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ३,०९८ जनालाई परिक्षण गरिएको थियो । कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या ९८ रहेको छ र निको हुनेको संख्या ६८,३१९ पुगेको छ ।

सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन । पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) को मार्गनिर्देशन अनुसार अपनाएको स्वास्थ्य उपचार विधिका कारण कतारमा अहिले यस रोग बाट निको हुनेको संख्या पनि दिनहुँजसो बढ्दै गैरहेको छ ।

 

Comments

ताजा खबर