मेचीनगरमा होम क्वारेन्टाइनमा बसेका सहित २ जनामा कोरोना संक्रमण

२०७७, ७ असार आईतवार १६:५४

झापा, जी आर धिताल-झापाको मेचीनगरमा होम क्वारेन्टाइन्मा बसेका १पुरुष सहित २ जनामा कोेरोनाको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार झापाको मेचीनगरमा थप २ जना पुरुषमा आज कोरोनाको संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास समिति संयोजक नबिन बरालले दिनु भएको जानकारी अनुसार आज संक्रमण देखिएका २ जना पुरुषहरुमा वडा नं ५ का ३० बर्षीय पुरुष रहनु भएको छ । संक्रमित वडा नं ५ को बालकल्याण माविको क्वारेन्टाइनमा रहनु भएको थियो ।

त्यस्तै अर्का संक्रमितमा वडा नं ६ का ३५ बर्षीय पुरुष रहनु भएको छ । वहाँ जेठ ३२ गते भारतबाट आएर होम क्वारेन्टाइनमा बसेको बरालले जानकारी दिनु भयो । वडा नं ६ मा होम क्वारेन्टाइनमा रहेका ब्यक्तिको घरमा परिवारका ६ जना सदस्यहरु रहेको बताइएको छ ।

संयोजक बरालका अनुसार परिवारका सदस्यहरुको पीसीआर परीक्षण भोली गरिने छ । संक्रमति दुबै जनाको असार ३ गते स्वाब संकलन गरिएको थियो ।

योसंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । आज संक्रमण पुष्टि भएकालाई मोरङको गोठगाउँ लगिएको छ ।

Comments

ताजा खबर