कोरोना संक्रमित संख्या ९ हजार २६ पुगेकाे छ।

२०७७, ७ असार आईतवार १६:४३

आइतबार ४ सय २१जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय २१ संक्रमित थपिएको जानकारी दिए। यीसहित संक्रमितकाे संख्या ९ हजार २६ पुगेकाे छ।

त्यस्तै यस दिन १९४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। निको हुनेमा १८६ पुरुष र ८ महिला छन्। यीसहित कुल निको हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ। त्यस्तै मृत्यु भएका २३ जनामा कोरोना पुष्टि भएको छ।

Comments

ताजा खबर