मौरी पकेट क्षेत्रमा घार र माैरी जन्य सामाग्री हस्तान्तरण

२०७७, ७ असार आईतवार १६:३३

सन्ताेष गहतराज, पाल्पा । कृषि ज्ञान केन्द्र पाल्पाले आर्थिक बर्ष २०७६/०७७ काे माैरी पकेट विकास कार्यक्रम अन्तर्गत घार र माैरी जन्य सामाग्री हस्तान्तरण गरेेेेको छ। मणि माैरी पालन पकेट समिति तानसेन ८ र हिमाली माैरी पालन पकेट संञ्चालन समिति बराङ्दी ८ मा माैरी घार तथा अन्य माैरी जन्य सामाग्री हस्तान्तरण गरेकाे हो।

वागवानी विकास अधिकारी तथा कृषि ज्ञान केन्द्रका सुचना अधिकारी सन्ताेष पाठक अनुसार बग्नासकाली गाउँपालिका ८ काे हिमाली माैरी पालन पकेट सञ्चालन समिति बराङ्दीलाई १०२ वटा माैरी घार, औषधी र क्वीन हस्तान्तरण गरेकाे छ । पाठकका अनुसार यसबाट ३० जना माैरी पालन गर्ने कृषकहरू लाभान्वित भएका छन । त्यस्तै मणि माैरी पालन पकेट समिति तानसेन ८ मा ३०३ माैरी घार, औषधी तथा स्टयाण्ड ३३२ र अन्य माैरी जन्य सामाग्री हस्तान्तरण गरेकाे छ । यसबाट २२ जना माैरी पालन कृषकहरू लाभान्वित भएकाे पाठकले बताउनु भयाे । कृषि ज्ञान केन्द्रले हाल माैरी पकेट विकास कार्यक्रम अन्तर्गत हालसम्म मणिमाैरी ९०० घार पुगेकाे छ । कृषि ज्ञान केन्द्र याे आर्थिक बर्षमा हालसम्म ४०५ वटा घार, औषधी तथा अन्य माैरी जन्य सामाग्री वितरण गरेकाे छ ।

Comments

ताजा खबर