मनसुन सक्रिय भए संगै सतर्कता अपनाउन आग्रह

२०७७, ७ असार आईतवार ०८:५३

पाल्पा । गत हप्ता देखि मनसुन सक्रिय भएसंगै बाढी र पहिरोको जोखिम बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन सक्रिय भएको छ । शनिवार परेको पानीले कालीगण्डकी नदि वरपरका क्षेत्रमा ठुलो बाढी आएको छ । पाल्पा, गुल्मी अर्घाखाँची, रुपन्देही लगाएतका क्षेत्रका अधिकांस क्षेत्रमा पहिरोका कारण धेरै क्षेती पुगेको छ । लगातार पानी पर्न थालेपछि जमिन भिज्न थालेको छ । जमिनले पानी सोसेपछि पहाडमा पहिरो र तराईमा बाढी तथा डुबान हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी परेको बेला नदी तथा खोलाखोल्सामा एक्कासी पानीको बहाव बढ्ने, पहाडमा पहिरो खस्ने, ढलको उचित निकास नभएका ठाउँमा सडक भत्कने र डुबान हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

धेरैजसो ठाउँमा मनसुनी वायु र थोरै ठाउँमा पश्चिम वायुको प्रभाव देेेेखिएको जनाउदै आइतबार गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

Comments

ताजा खबर