नगरमा सबैप्रकारका भवनमा बौद्ध रङ बनाउने

२०७७, ७ असार आईतवार ०७:५७

नारायण प्रसाद कोइराला, भैरहवा । सिद्धार्थनगर  नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रममा सार्बजनिक गरेको छ । नगरपालिकाको सातौं नगरसभामा नगर प्रमुख हरिप्रसाद अधिकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । कार्यक्रममा सिद्धार्थनगरका सबै विद्यालय भवन, सरकारी भवन र व्यक्तिगत भवनको रङ बौद्ध रङ (नीलो, पहेँलो, रातो, सेतो र वैजनी) बनाउने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने बताइएको छ । सीमामा भव्य र आकर्षक शान्तिद्वार निर्माण गरिने र त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिने नगर प्रमुुुख अधिकारीले जानकारी दिए ।
यसैगरी नगर प्रमुख आवास कार्यक्रम, डण्डानदी संरक्षण क्षेत्र अभियान, मेरो नगर सफा नगर अभियान सञ्चालन गर्ने, एक घर दुई बिरुवा नीति अगाडि बढाउने, प्रेस सेन्टर स्थापना गर्ने र प्रेससंँग जनप्रतिनिधि कार्यक्रम नियमित रुपमा सञ्चालन गर्ने, नगरभित्र दर्ता भई सञ्चालनमा आएका मिडियाको संरक्षण र प्रबद्र्धनका लागि सहयोग गर्ने जस्ता कार्यक्रम समेटिएको नगरपालिकाका सूचना अधिकारी देवप्रसाद ज्ञवालीले बताए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु