एकैदिन २० जनामा कोरोना संक्रमण कुल संक्रमीत ९२ पुगे

२०७७, ६ असार शनिबार २१:२४

पाल्पा । शनिवार थप २० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यो संगै पाल्पामा कोरोना संक्रमण हुनेको संख्या ९२ पुगेको छ । केन्द्रिय प्रयोगशाला काठमाडौंमा १ जना, शुक्रराज ट्रफिकल तथा सरुवा रोग नियन्त्रण काठमाडौमा १६ जना र प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।

सक्रमित हुनेहरुमा रैनादेवी छहरा गाउँपालिका वडा नंं १ सिद्धेश्वरका १२, वडा नंं ३ भुवनपोखरीका ४, माथागढी गाउँपालिका वडा नंं ४ झडेवाका १ र तिनाउँ गाउँपालिका वडा नंं ३ झुम्साका २ जना रहेका छन । यस्तै लुम्विनी मेडिकल कलेजमा उपचाररत गुल्मीका १ जनामा कोरोना सक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए । पन्थीका अनुसार कोरोना संक्रमण भएका ५ जना निको भई घर फर्किएका छन् ।
यस अघि बगनासकाली गाउँपालिकामा १७, रम्भा गाउँपालिकामा १६, माथागढी गाउँपालिकामा १४, रैनादेवी छहरा गाउँपालिकामा २, रिव्दीको गाउँपालिकामा ४, निस्दी गाउँपालिकामा २, रामपुर नगरपालिकामा २, पुर्वखोला गाउँपालिका १२, तिनाउँ गाउँपालिकामा १ जना रहेका छन । यस्तै उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मी र अर्घाखाचीका एक/एक जनामा कोरोना सक्रमण देखिएको छ । संक्रमित मध्ये एक जना संक्रमितको उपचारको क्रममा मत्यु भएको थियो । पाल्पाका १० स्थानीय तहमध्ये हालसम्म तानसेन नगरपालिकामा कोरोना संक्रमण भएको छैन ।

Comments

ताजा खबर