पहिरोले जीप पुरिदा एकको निधन ५ घाइते

२०७७, ६ असार शनिबार १९:०३

पाल्पा । अर्घाखाँची बाट गुल्मी तर्फ जादै गरेको यात्रुबाहक जीपलाई पहिरोले पुरेको छ । शनिवार दिउँसो ३ बजेको समयमा गुल्मी धुर्कोट गाउँपालिका ३ हर्रापाटा स्थितमा गएको पहिरोले जीपलाई पुरेको हो । ग १ ज ३९९७ नम्बरको जिप लाई बाटो माथीबाट खसेको पहिरोले जीपलाई पुरेको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानाएको छ । जिपमा सवार गुल्मी धुर्कोट गाउँपालिका ३ बस्ने बर्ष १९ का तुल्सिराम काउछाको घटना स्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार पहिरोमा परी गाडीका चालक प्रदिप पुनको अवस्था गम्भीर रहेको छ भने ४ जना सामान्य घाइते भएका छन । घाइतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु