पाल्पामा १६ कोरोना संक्रमित थपिए, कुल ७२ पुग्यो

२०७७, ५ असार शुक्रबार २२:०७

पाल्पा । बगनासकाली गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १६ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै जिल्लामा कुल संक्रमणको संख्या ७२ पुगेको छ । शुक्रवार बगनासकाली गाउँपालिका वडा नम्बर ६ मा रहेको क्वारेन्टाइनमा १६ जनामा कोराना संक्रमण पुष्टी भएको हो ।


प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा १९ देखि ४५ वर्ष उमेर समूहका ब्यक्ति रहेका छन । जसमध्ये वडा नम्बर ६ का ९ पुरुष, ४ महिला र वडा नम्बर ७ का ३ पुरुष रहेका छन् । उनिहरु सबैजना भारत बाट आएका हुन । उनीहरु सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी ओम प्रकाश पन्थीले बताए । यश अगाडी पाल्पामा पुष्टि भएकाहरु मध्ये १ जना अर्घाखाँची, १ जना गुल्मी र पाल्पाका ५४ जना रहेका छन । जसमध्ये कोरोना संक्रमण बाट एक जनाको उपचारको क्रममा मत्यु भएको थियो ।

Comments

ताजा खबर