जापानमा कोरोना संक्रमितको सूचना दिने मोबाइल एप्स COCOA डाउनलोड लिङ्कसहित

२०७७, ५ असार शुक्रबार १८:०७

जापान-कोरोना भाइरसका संक्रमितको सूचना दिने मोबाइल एप्स COCOA जापानमा सार्वजनिक भएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले आज शुक्रवार ३ बजेबाट डाउनलोड गर्न सकिने गरि यो एप्स सार्वजनिक गरेको हो । यस एप्सलाई COCOA ( Covid-19 Contact Confirming Application) नाम दिइएको छ ।

यो एपले नयाँ कोरोनाभाइरस संक्रमित व्यक्तिसँग नजिक सम्पर्क भएको बेलामा स्मार्टफोनबाट कोभिड-१९ सूचित गर्न सकिन्छ, स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री काचुनोबु कादोले घोषणा गर्दै COCOA एप्स लाई व्यापक प्रयोगको लागि आह्वान गर्नु भयो । उहाले बैठक पछि प्रेस सम्मेलनमा उक्त एप्स प्रयोग बारे जानकारी दिनु भएको थियो ।

कोकोए “COCOA” स्मार्टफोनसँग १ मिटर भित्रको मानिसमा थाह पाउने र १५ मिनेट भन्दा बढी, अर्को पक्षको डेटा पारस्परिक रूपमा रेकर्ड हुने एनएचकेको समाचारमा जनाएको छ ।
आइफोन प्रयोगकर्ताले एप डाउनलोड गर्न यो लिङ्कमा क्लिक गर्नुहोला

https://apps.apple.com/jp/app/id1516764458

एन्ड्रोइड प्रयोगकर्ताले एप्स डाउनलोड गर्न यो लिङ्कमा क्लिक गर्नुहोला

https://play.google.com/store/apps/details?id=jp.go.mhlw.covid19radar

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु