नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ हजार २७४ पुग्यो

२०७७, ५ असार शुक्रबार १७:०३

काठमाडौं – शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

आज थपिए ४२६ संक्रमित : 

नेपालमा आज ४२६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

आज संक्रमण पुष्टि भएकाहरुमा झापा १, मोरङ ३, सप्तरी ४, अछाम ७, बागलुङ १८, बैतडी ६३, बझांग ३, बाजुरा ८, डडेलधुरा ९, धादिङ १, डोटी १५, गोर्खा ११, कैलाली ४६, काठमाण्डौं ३, म्याग्दी १, नवलपरासी पूर्व ३, रहनु भएको छ ।

त्यस्तै सिन्धुपाल्चोक २१, पर्वत ५, उदयपुर २, सिन्धुली १, चितवन १, मकवानपुर ६, बैतडी ५, स्याङ्जा २, कास्की ६, गुल्मी ७८, कपिलवस्तु ४, रुपन्देही २, अछाम १, कञ्चनपुर २१ लगायत रहनु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्दा निको भएर घर फर्कनेको संख्या १ हजार ४०२ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज मात्र २१६ जना स्वस्थ भएर घर फर्किएका छन् ।

क्वारेन्टाइनमा बस्ने मानिसको संख्या १ लाख ९ हजार ४६१ रहंदा नेपालमा पीसीआर परीक्षणको कुल नमुना परीक्षण संख्या १ लाख ६१ हजार ७४९ पुगको छ ।

Comments

ताजा खबर