आइडीएबाट १२ अर्ब सहुलियत ऋण र स्वीजरल्याण्डको २ अर्ब २ करोड रुपैयाँ अनुदान स्वीकार थप सामग्री

२०७७, ५ असार शुक्रबार १६:१३

काठमाडौँ, मन्त्रिपरिषद्को बैठकले ऊर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुसलता अभिवृद्धि गर्नका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आइडीए)बाट १० करोड अमेरिकी डलर बराबरको करिब १२ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय बारे जानकारी दिँदै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका हुन् । सरकारले साना सिँचाइ अयोजना दोस्रोचरण कार्यक्रम कार्यान्वयनका लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने १ करोड ७६ लाख स्वीस फ्रयाङ्क अर्थात २ अर्ब २ करोड ४० लाख नेपाली रुपैयाँ बराबरको अनुदान स्वीकार गर्ने निर्णय भएको मन्त्री खतिवडाले बताए ।


यस्तै, औद्योगिक कच्चा पदार्थको रूपमा आवस्यक पर्ने मरिच सम्बन्धित उद्योगको उत्पादन क्षमता र खपतको प्रवृतिको आधारमा उद्योग विभागले प्रमाणित गरेको परिमाण बमोजिम सम्बन्धित उद्योगले आफैँ आयात गर्न सक्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।

Comments

ताजा खबर