राजारानी सामुदायिक बनमा वृक्षरोपण

२०७७, ५ असार शुक्रबार १६:१५

सन्ताेष गहतराज, पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका स्थित राजारानी सामुदायिक बनमा वृक्षहरु  राेपण गरिएकाे छ । वडा न २ को हरियाली गाउँ स्थित राजारानी सामुदायिक बनमा ७ हजार भन्दा धेरै बिरुवाहरु रोपिएको हो । राजारानी सामुदायिक बन उपभोक्ता समुहका सदस्यहरूकाे उपस्थितिमा तेजपात, कटहर, कागती लगाएतका बिरुवा राेपण गरिएको छ ।

जसमध्ये ५ हजार भन्दा धेरै नगदे बाली प्राकृतिका तेजपात, कटहर, कागती, जस्ता बिरुवा रोपिएको राजारानी सामुदायिक बनका अध्यक्ष छविलाल खत्रीलेे जानकारी दिए । उनका अनुसार बिशेष गरि तेजपत्ताकाे लागि हावा पानी राम्रो रहेकाे र तेजपत्ताकाे बाेक्रा अनि पात दुबै बेचेर राम्रो आम्दानी गर्न सकिने भएकोले बिशेष गरी तेजपत्ताको बिरुवा धेरै लगाइएको हो । तिनाउ सब डिभिजन बन कार्यालयबाट उत्पादित बिरुवा अनुदानमा उपभोक्ता समितिलाई दिएको थियो ।

साबिकको डढेगाउँ हाल हरियाली गाउँकाे नामले परिचित छ । याे गाउँ चारै तिर जङ्गलै जङ्गलले घेरेको छ । यो क्षेत्र चुरे पाहाड अन्तर्गत पर्दछ । कुल ७० घरधुरी रहेकाे रहेकाे गाउँमा करिब ३५० जनसंख्या रहेको छ । यो गाउमाँ 80% क्षेत्री, बाकी दलित र मगरको मात्र बसोबास रहेको छ ।

Comments

ताजा खबर