झापामा कोरोना संक्रमितको संख्या १८१ साथै निको भएर घर फर्कनेको संख्या १२१

२०७७, ४ असार बिहीबार १८:३६

बिर्तामोड-झापामा आज २  जनामा  कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार संक्रमितहरु झापाको हल्दिबारी गाउँपालिकाको रहनु भएको छ । चौलागाईंका अनुसार हल्दिबारी वडा नं १ र ४ का ३० बर्षीय महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित दुबैजना कुवेतबाट आएर गाउँपालिकाको क्वारेन्टाइनमा बसेको चौलागाईंले बताउनु भयो ।

योसंगै झापामा कोरोना संक्रमितको संख्या १८१ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या १२१ पुगेको छ । पछिल्लो समयमा झापामा १२ जना स्वस्थ भएका छन् ।

Comments

ताजा खबर