तानसेन वडा न २ ले दैनिक ज्यालादारी गर्ने नागरिकहरूलाई राेजगारी प्रदान ।

२०७७, ४ असार बिहीबार १८:०१

सन्ताेष गहतराज , पाल्पा । पाल्पाकाे तानसेन नगरपालिका वडा न २ ले लकडाउनका कारण दैनिक ज्यालादारी गरि जिवीकाे पार्जन गर्ने नागरिकहरूलाई राेजगारी प्रदान गरेको छ । वडाले वडा भित्रका विपन्न नागरिक तथा काेठाभाडामा बस्ने नागरिकहरूलाई दैनिक जीविकाे पार्जन गर्न सहयाेग हाेस भनी वडाकाे विकास निर्माण कार्य गर्न राेजगारी दिएको हाे ।

वडा अध्यक्ष बरूण रेग्मीले वडा न २ ले राेजगारीका लागि फाराम खुलाएको र त्यस मध्ये  ३९ जनालाई  नागरिकहरूलाई छनाेट गरी उनिहरूकाे दैनिक जीवनयापन सहज हाेस भनी वडाबाट २ लाख बजेट छुट्याएर नाली सरसफाइ,अमर नारायण फुलबारी सरसफाइ तथा एतिहासिक नारायण स्थानकाे पाेखरी सरसफाइ गर्न नागरिकहरूलाई राेजगारी प्रदान गरेको बताउनु भयाे । वडा सदस्य शान्ती झेडीले तानसेन वडा न २ ले विपन्न घरपरिवारलाई पहिलो र दाेस्त्राे चरणमा राहत प्रदान गरेकाे बताउदै लकडाउन थपिए सँगै वडा भित्रका दैनिक ज्याला मजदुरी गरि जीवनयापन गर्न समस्या परेका घरपरिवारलाई दैनिक जीवनयापनमा सहज हाेस भनी राेजगारी प्रदान गरेकाे बताउनु भयाे ।

वडा न २ काे बढिज्ञानटाेलमा काेठा भाडामा बस्ने मिठ्ठु नेपालीले याे भन्दा अगाडि हाेटलमा काम गर्नु हुन्थाे । लकडाउन भए सँगै हाेटल पनि बन्द भयाे । त्यस पछि  दैनिक जीवन यापन गर्न बठिन भएको बताउदै अहिले वडा कार्यालले राेजगार प्रदान गरेकाेले अाफुलाई धेरै राहत प्रदान भएको बताउनु भयाे । अहिले वडाबासी नागरिकहरूले लकडाउन लम्बिए सँगै दैनिक जीवनयापन गर्न कठिन भएको समयमा राेजगारी पाए पछि खुशी भएका छन ।

Comments

ताजा खबर