पर्यटकीय गन्तव्य घुम्टे जोड्ने पदमार्ग निर्माण कार्य सुरु

२०७७, ४ असार बिहीबार १०:३३
थम्मन थापा, बागलुङ । धार्मिक तथा पर्यटकीय गन्तव्य घुम्टे पुग्ने पर्यटन पदमार्ग निर्माणले निरन्तरता पाएको छ  । गत वर्ष गलकोट नगरपालिका वडा नं ७ मल्म अजिराखर्क देखि गोठाल्ने सम्म झण्डै १ किलोमिटर पर्यटन पदमार्ग निर्माण गरिएको थियो । यस वर्ष बाँकी रहेको कामलाई निरन्तर अगाडि बढाइएको छ । अहिले निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । संस्कृति तथा पर्यटन मन्त्रालयबाट विनीयोजित १० लाख रुपैयाँमा गोठाल्ने देखि माथि काम सुरु भएको हो ।
अहिले दैनिक ५० देखि ५५ जनाले पदमार्ग निर्माण गरिरहेको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले जानकारी दिए । पदमार्गमा सोलिङ गर्ने सिँढी चिन्ने र अप्ठ्यारो ठाउँमा रेलिङ समेत हाल्ने काम गरिएको थापाले बताए । यो वर्ष गोठाल्नेबाट माथि करिब ८०० सय मिटर माथिसम्म काम गर्न सकिन्छ भन्ने लागेको छ थापाले भनें । कोरोना भाईरसको जोखिमका कारण भौतिक दुरी कायम गरेर अहिले काम तिब्र रुपमा अगाडी बढिरहेको गलकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । पदमार्ग निर्माण भए पछि पर्यटकीय स्थल घुम्टे पुग्ने पर्यटकहरुलाई सहज हुने वडा अध्यक्ष थापाले बताए । जिल्लाको मध्य भागमा अवस्थित घुम्टे लेक धार्मिक तथा पर्यटकीय र दृश्यावोलोकनका दृष्टिले उपयुक्त गन्तव्य हो । घुम्टेको चौतर्फी विकासको निमित्त गलकोट घुम्टे पर्यटन विकास केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु