सडक निर्माण, मर्मत-सम्भार तथा विस्तार गर्ने बिधेयक पारीत

२०७७, ४ असार बिहीबार ०८:२६

पाल्पा । ५ नम्बर प्रदेशसभाको भौतिक पूर्वाधार विकास समितिले सडक निर्माण, मर्मत-सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । संसदीय समितिको बैठकले विधेयकमाथि केहि संसोधनसहित सर्बसम्मतिले पारित गरेको हो । विधेयकमाथि भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरी तथा मन्त्रालयका सचिव र सम्बन्धित कर्मचारी बिचको पटक-पटकको छलफलपछि पारित भएको थियो । समितिका सभापति आशा स्वर्णकारको सभापतित्वमा सम्पन्न बैठकमा समितिका सदस्य नारायण आचार्य, इन्द्रप्रसाद खरेल, दिनेश पन्थी, जाल्पा भुसाललगायतले विधेयकमाथिको छलफलमा आ–आफ्ना राय व्यक्त गर्नुभएको सदस्य माननीय नारायण आचार्यले जानकारी दिनुभयो ।
के छ बिधेयकको बिशेषता तथा मुख्य प्राबधान :

  • सडकमा पशुपक्षी छाडिएका कारण हुने दुर्घटना तथा सडकका औजारहरु मर्मत सम्बन्धि विषयलाई थप गरिएको ।
  • तराई क्षेत्रमा प्रदेश लोकमार्ग २५ मिटर कायम भएको ।
  • प्रादेशिक सडक १५ मिटर कायम हुनुपर्ने ।
  • पहाडी क्षेत्रमा प्रदेश लोकमार्ग १५ मिटर हुनुपर्ने ।
  • पहाडी क्षेत्रमा सडक १० मिटर हुनुपर्ने । ब्यवस्था रहेको छ ।

बैठकले पारित गरेको विधेयक प्रदेश सभाले पारित गरेपछि लागू हुनेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु