जोखिममा यातायात ब्यवसायी क्वारेन्टाइन सम्म यात्रु ओसार्ने ब्यक्तिमा कोरोना संक्रमण

२०७७, ४ असार बिहीबार ०८:००

काठमाडौं । नेपालमा कोरोना संक्रमण दिनप्रतिदिन बढीरहेको छ । बुधबार राती सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा एक ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी यातायात ब्यवसायी रहेको नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । सिटौलाका अनुसार उनले भारत बाट आएका ब्यक्तीहरुलाई सिमा नाका बाट क्वारेन्टाइन सम्म ओसारपसार गर्ने गरेका थिए ।

कोरोना संक्रमित उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार भैरहेको थियो । उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । गोदावारी नगरपालिका – ४ निवासी ४६ वर्षीय उनमा गत जेठ ३२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्युको पुष्टि गरीसकेको छैन ।
ब्यवसायीको मृत्यु संगै सार्बजनिक यातायात क्षेत्रमा काम गर्ने सवारीधनी, कर्मचारीहरुमा जोखिम बढेको देखिएको छ । भारतबाट आउने अधिकाङस नागरिकलाई सार्बजनिक सवारीका साधनले क्वारेन्टाइन सम्म ओसारपसार गरेका छन । उनिहरु मध्ये केहिमा स्वास्थ सुरक्षाको मापदण्ड अपनाइएको छ भने अधिकाङसमा आवस्यक स्वास्थ्य सुरक्षाका विधि अपनाइएको छैन । जसका कारण यातायात क्षेत्रमा काम गरि महामारीको समयमा उद्धारमा जुटेका चालक मजदुर नै उच्च जोखिममा परेका छन । तस्बिर गुगल बाट

 

 

Comments

ताजा खबर