आजै राती १ बजे म्यानचेस्टर सिटी र आर्सेनलको खेल ।

२०७७, ३ असार बुधबार १५:१८

आज देखी खाली स्टेडियममा इंग्लिश प्रिमियर लिग शुरु हुँदैछ । आजको पहिलो खेल नेपाली समय अनुसार राती १०:४५ बजे एस्टन भिल्ला र शेफिल्ड युनाइटेड बीच हुनेछ । त्यसैगरी म्यानचेस्टर सिटीले आर्सेनलको सामना राती १ बजे गर्नेछ।

कोरोना भाइरसले लिग रोकिनु अगाडी लिगको अन्तिम खेल मार्च ९ मा एस्टन भिल्ला र लेस्टर सिटी बीच भएको थियो जसमा लेस्टरले खेल ४-० ले जितेको थियो ।

बुन्डेस लिगा र ला लिगा पछि प्रिमियर लिगका खेलहरु युरोपको तेस्रो ठूलो फुटबल लिग हुनेछ। सबै खेलहरू एक दर्शकविना खेलाइनेछ।

स्टेडियममा खेलाडीहरू सहित जम्मा ३०० जना मात्र हुनेछन । लिगमा तीन चरण बाँकी छन जसका ९२ खेलहरू छ हप्तामा खेलाईनेछ ।

स्टेडियममा खेलाडीहरू र कोचिंग स्टाफहरूको लागि मास्क अनिवार्य छैन भने म्याचमा कुनै बल बोयहरु पनि हुनेछैनन्।

कोरोनाबाट जीवन गुमाएकाहरूलाई श्रद्धाञ्जलि अर्पण गर्न हरेक खेल अगाडी १ मिनटको मौन धारण गरिनेछ । त्यसैगरी गोल को उत्सव मनाउन पनि सामाजिक दूरीको ध्यान राख्नुपर्ने भएको छ ।

स्टेडियमलाई रेड,एम्बर र ग्रीन गरी तीन डिभिजनमा छुट्याइनेछ । खेलका क्रममा खेलाडीले मेदानमा थुक्न पाउने छैन । यस्तै हात मिलाइने छैन । ड्रेसिङ रुम वार्म अफ पोष्ट क्याच मैदानमा प्रवेश गर्दा सामाजिक दुरी कायम गर्नुपर्नेछ ।

खेलअघि र पछि सेनिटाइजर प्रयोग गर्नुपर्नेछ । खेलाडीले आफ्ने वाटरबोटल प्रयोग गर्नुपर्नेछ । यदि मैदानमा खेलका क्रममा खेलाडीलाई ट्रिटमेन्ट गर्नुपर्ने मैदान प्रवेश गर्ने व्यक्तिले पीपीई लगाउनुपर्नेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु