भारतमा एकै दिन २ हजार भन्दा धेरैको मृत्यु

२०७७, ३ असार बुधबार ०७:१६

काठमाडौ । भारतमा कोरोना संक्रमण बाट मंगलबार एकैदिन २ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । यो मृृत्युदर अहिलेसम्मकै उच्च हो ।

मंगलबार एकै दिन ११ हजार १ सय ३५ जना थप संक्रमित फेला पर्दा २ हजार ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । भारतमा हालसम्म ३ लाख ५४ हजार १ सय ६१ जनामा कोरोना संक्रमण पूष्टि हुँदा, भारतमा हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय २१ पूगेको छ ।

Comments

ताजा खबर