लद्दाखमा चीन र भारतको भिडन्त, तीन भारतीय सैनिक निधन

२०७७, २ असार मंगलवार १७:२५

चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् ।

सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो जसमा एक कर्नेलर र दुई सिपाही छन् ।

सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो ।

दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो । वार्ता मार्फत दुवै देशले संयम अपनाउने कुरा भएपनी सोमवार राती गोली हानाहान भएको हो ।

भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएको दाबी गरेका छन् । वक्तव्यमा अहिले दुई पक्षका वरिष्ठ सैनिक अधिकारीहरुको बीचमा वार्ता भइरहेको र स्थिति सहज बनाउने प्रयास भइरहेको उल्लेख छ ।

चीनले भने भारतीय सैनिकले सीमा नाघेकाले झडपको अवस्था सृजना भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार मात्र भारतीय सेनाले दुईपटक सीमा पार गरेको बताएका हुन् ।

उनीहरुले चिनियाँ सुरक्षाकर्मीमाथि आक्रमण गरेकाले गम्भीर रुपमा झडप भएको उनले बताएका छन् । तर त्यसबारे चिनियाँ सैनिकतर्फ क्षति भए नभएको बताइनन् । तर केहि भारतिय मिडिया सुत्र को हवाला दिदै चिनतर्फ ५ सैनिक मारिएको दावी गरेका छन ।

केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ।

चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार चिनियाँ विदेशमले विद्यमान विवादलाई वार्ताबाट समाधान गरिने र त्यसका लागि दुवै देश तयार भएको बताएका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु