प्रदेश ५ को वजेट स्वास्थ्य कृषि र रोजगारी लाई प्राथमिकता

२०७७, १ असार सोमबार १९:२४

बुटवल । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७७÷७८ का लागी ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उक्त बजेट सार्वजनिक गर्नुभएको हो ।

बजेटमध्ये चालुतर्फ ३४ दमलव ६४ प्रतिशत अर्थात १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार, पुँजीगततर्फ ५१ दशमलव २२ प्रतिशत अर्थात १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र स्थानीयतह वित्तीय हस्तान्तरणतर्फ १४ दशमलव १४ प्रतिशत अर्थात ५ अर्ब १४ करोड ५० हजार रुपैंया बजेट विनियोजन गरिएको छ । यस्तै आन्तरिक राजश्वबाट २ अर्ब ३ करोड ७५ लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरणतर्फ १७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८८ करोड ३६ लाख समपूरक अनुदानतर्फ ४८ करोड ३३ विशेष अनुदानबाट र २१ करोड र चालु वर्षको खर्च हुन नसकेको रकमबाट ७ अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएको छ ।

प्रदेश ५ सरकारले अघिल्लो वर्ष ३६ अर्ब ४१ करोड ६८ लाख रुपैंयाको बजेट ल्याएको थियो । चालु आर्थिक वर्षभन्दा ६ करोड रुपैयाँ कम गरी वजेट सार्वजनिक भएको छ । आगामी वर्षको कोभिड १९ कोषका लागी १० करोड विनियाृेजन गरिएको छ । वजेटले युवाहरुलाई कृषिमा प्रोत्साहन गरि आत्म निर्भर वनाउने र रोजगारी लक्षीत रहेको छ । स्वास्थ्य, कृषि र रोजगारी प्रवद्र्धनलाई केन्द्रित गरी बजेट प्रस्तुत भएकोछ । विदेशबाट फर्किएका यूवालाई सम्वोधन गर्नका लागि कृषि र रोजगारका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु