पाल्पाका कुल ५० जनामा काेराेना संक्रमण साेमवार १० जना थपिए

२०७७, १ असार सोमबार १८:४५

पाल्पा । सोमवार पाल्पाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । यो सँगै पाल्पामा कोरोना संक्रमितको कुल संख्या ५० पुगेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएकाे परिक्षण वाट थप १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । थपिएका सक्रमित पूर्वखोला गाउँपालिकाका रहेका छन् । जसमध्ये वडा नंं १ का ६ जना, वडा नंं २ का १ जना र वडा नंं ४ का ३ जना रहेका छन् । उनिहरु गाउँपालिकाले वनाएकाे क्वारेन्टाइनमा बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारि दिए । याे स‌गै पूर्वखोला गाउँपालिकामा मात्र १२ जना कोरोना पोजेटिभ देखिएका छन् । ५० जनाको स्वाव परीक्षणको लागि पठाएका मध्ये १० जना पोजेटिभ तथा २५ जनाको नेगेटिभ रिपाेट आएको र बा‌की १५ जनाकाे नतिजा बा‌की रहेकाे पालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले जानकारी दिए । ढकालका अनुसार सक्रमितहरुलाई रम्भा गाउँपालिकाको ताँहुमा निर्माण गरिएको संयुक्त आइसोलेसनमा राख्ने तयारी भईरहेको छ ।

यस स‌गै पुर्वखोलामा १२ रम्भामा १६‍, बगनासकालीमा १, माथागढीमा १४, रैनादेवीछहरामा २, निस्दीगाउँपालिकामा ३ र रामपुर नगरपालिकामा २ जना व्यक्ति कोरोनाबाट सक्रमित भएका छन् । जस मध्ये एक जना सक्रमितको उपचारको क्रममा मत्यु भएको थियो  । आईसोलेसनमा बसेका सक्रमितहरुको सबै स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Comments

ताजा खबर