नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

नक्सा संसोधन गर्ने ऐतिहासिक कार्य हैन, भुल सुधार

२०७७, १ असार सोमबार १७:५१

नुमनाथ प्याकुरेल ।

चीन-भारत युद्धको समयमा असल छिमेकीको हैसियतमा नेपालले, आफ्नो छिमेकी भारतको सिमा रक्षा गर्न, आफ्नो भुमिमा विभिन्न सैनिक चेकपोस्टहरु राख्न दिने उदार भावनाको उपहास गरेर, उम्लो दिंदा डुडुल्नो निल्ने कुटिल छिमेकीको जति निन्दा गरे पनि कमनै हुन्छ। आफ्नो अतिक्रमित भूमि फिर्तागरी, छिमेकी देशको सैनिक क्याम्प, अतिक्रमित क्षेत्रबाट हटाई, आफ्नो भूमिको सुरक्षा गर्दै नेपाली प्रशासनको उपस्थिति सुध्रिढ तुल्याउन र भारतिय संस्थापन पक्षलाई असल छिमेकी बनी, सँधियार राष्ट्रहरूको भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको सम्मान गराउन नेपाल सरकारले आफ्नो सार्वभौम संसदबाट सर्वसम्मत ढंगले संविधान संशोधन गरि नेपालको वास्तविक नक्सा अध्यावदीक गरेर आफ्नो भुल सुधार गरेको दिनमा संसदमा प्रतिनिधित्व गरिरहेका सम्पुर्ण राजनीतिक दलहरुलाई सम्मान र सम्पुर्ण नेपालीहरुको खुसीमा ऐक्यबद्धता व्यक्त गर्दा, वीर पुर्खाहरुको सन्तान भएकोमा गर्व महशुस भएको छ।

२०१७ सालमा राजा महेन्द्रको ऐतिहासिक कदम पछी संस्थापन गरिएको पंचायती व्यवस्था र २०४६ सालको ऐतिहासिक परिवर्तनबाट प्रजातन्त्र स्थापना भएको करिब ३० बर्षको समयमा नेपाली समाज, राजनीति, अर्थतन्त्र तथा कुटनैतिक क्षेत्रमा केकस्ता उतारचढाव भए, त्यसको लेखाजोखा गर्ने हो भने, निर्विवाद पंचायत अवधिकै पल्ला भारी हुन्छ। चेतनामा अभिवृद्धी, बिज्ञान र प्रविधिको प्रभावकारीता तथा पहुँच, सुचना तथा संचारको बिकास समेतको ख्याल गर्ने हो भने, प्रजातान्त्रिक कालमा नेपाल राष्ट्र झनझन अधोगती तर्फ लागेको प्रष्ट हुन्छ। सुनको कचौरा फैलाएर भिखमागेको नीतिकथा र नेपालको वास्तविकता उहि भएको छ। निसंदेह, अरुको भर र निगाहामा धेरैदिन रमाउन र खुसि रहन सकिदैन, आफ्नो स्वभाव र प्रकृति सुहाउँदो चालचलन बाट मात्रै आत्मनिर्भर र आत्मस्वाभिमान कायम राख्न सकिन्छ। यस अर्थमा विधमान लोकतान्त्रिक नेत्रित्वको एउट साझा कमजोरि के देखिन्छ भने यिनले न नेपालको इतिहासलाई सम्मान गर्ने सके, न नेपालीलाई राज्य सत्ताको श्रोत माने, यि त पेन्डुलम जस्तो कहिले यता र कहिले उता लपक्क भएर परजिवी र परनिर्भर भएकै कारण आजहामि अनिर्णय तथा अकर्मण्यताको सिकार बन्नु परेको छ।

प्राकृतिक श्रोतसाधन तथा मानवश्रोतको उपलब्धताको पृष्ठभूमिमा नेपाल आजको जस्तो परनिर्भरता र पिछलग्गुताको स्थितिको जिम्मेवारी लाजपचाएर इतिहासको पानामा सिमित गरिएको राजतन्त्रलाई देखाएर आफ्नो अकर्मण्यता, अनिर्णय, दिशाविहिनता तथा किकर्तिमुढको प्रदर्शन गर्ने तथाकथित गणतन्त्रवादी नेतृत्वले स्मरण गर्नुपर्दछ।

नेपाली समाजको प्राकृतिक तथा स्वभाविक परिवर्तन बाहेक, राजनीतिक तथा लोकतान्त्रिक नेतृत्वको योजनामा भएको बिकास त नगण्यनै प्रतीत हुन्छ। प्राकृतिक श्रोतसाधन तथा मानवश्रोतको उपलब्धताको पृष्ठभूमिमा नेपाल आजको जस्तो परनिर्भरता र पिछलग्गुताको स्थितिको जिम्मेवारी लाजपचाएर इतिहासको पानामा सिमित गरिएको राजतन्त्रलाई देखाएर आफ्नो अकर्मण्यता, अनिर्णय, दिशाविहिनता तथा किकर्तिमुढको प्रदर्शन गर्ने तथाकथित गणतन्त्रवादी नेतृत्वले स्मरण गर्नुपर्दछ। २०५४ सालमा महाकाली संधीगर्दा नेपालको भुभाग नदेख्ने पनि आफैं, २०७३ सालको संविधानको अनुसूचीमा नेपालको गलत नक्सा राखेर राष्ट्रको प्रतीक चिन्ह बनाएर छातिमा टाँस्ने पनि आफैं, पटकपटक सिमाअतिक्रमणका बिरुद्धमा निस्किएका बिरोध प्रदर्सन निस्तेज तुल्याउने पनि आफैं, नेपालमा अपराध र राष्ट्रघात गरेर भारतियको बुई चढेर नेपालमाथी घात गर्नेहरू पनि आफैं, पटकपटकको सत्ता परिवर्तनमा त्यहि कुटिल छिमेकि संग उधारो लेनदेन गर्ने पनि आफैं भएर पनि, आफ्नो आँङको भैंसी नदेख्ने तर अर्काको टाउकोमा लिखा देख्ने पनि आफैं हैनर? जति तर्कवितर्क र मताग्रह गरेपनि, नक्सा संसोधन गर्नु ऐतिहासिक कार्य हैन, भुल सुधार हो र आफ्नो गल्ति सच्याउन, इतिहास बनेको राजतन्त्र प्रती कटाक्ष गरेर आफ्नो अपराध र राष्ट्रघातको दाग धुँईदैन भन्ने तथ्य बुझ्न सत्ताधारी नेतृत्वलाई गाह्रो पर्नु र कार्यकर्तालाई संघीय गणतन्त्रको स्थापनाको आवरणमा आफ्नो नेतृत्वको स्वेच्छाचारीताको पक्ष पोषण गर्नु संयोग मात्रै हैन, यो अदुरदर्शी र अपरिपक्व रणनीतिमात्रै हो।

रातन्त्रात्मक व्यवस्थाहोस अथवा संवैधानिक राजतन्त्र होस् अथवा   संघिय गणतन्त्र, ऐतिहासिक भुल सुधार गरेर, आफ्नो अतिक्रमित भूमि दाबिगर्न आसा र आत्मविश्वास अभिवृद्धी गर्दैगर्दा, निकट भविस्यमा सामना गर्नुपर्ने चुनौती, होसियार हुनुपर्ने सतर्कता र ऐतिहासिक तथ्यांक, प्रमाण सहित कुटनैतिक बार्तामा बस्ता पुर्याउनुपर्ने तयारि तथा कुटनैतिक चतुर्याईंले भूमि प्राप्त गर्ने स्थिति आयो भने पनि त्यो त्यस्तो उन्मादको क्षणहुने छैन, किनकी त्यो हाम्रै अतिक्रमित भूमि प्राप्त गरेको हो नकि, वहादुरिपूर्ण युद्ध गरेर छिमेकिको भूमिमाथि आफ्नो दावि गरिएको हो। यति वेलाको, विशिष्ट परिस्थितिमा नेकपाको सरकार र त्यस सरकारको पालामा हामिले अतिक्रमित भूमि प्राप्त गर्न, अतिक्रमणकारी राष्ट्रलाई दुईपक्षिय प्राविधिक टोलिलाई बार्ताको टेबलमा बस्ने वातावरण सृजना गर्न र आफ्नो ऐतिहासिक भुल सच्याउन गरिएको संविधान संसोधनलाई अनावस्यक रुपमा त्यति अतिरंजित व्याख्या र परिभाषा पनि नगरौंकि, जसका कारण दुई छिमेकि राष्ट्रका विचको ऐतिहासिक सम्बन्ध र सामाजिक तथा साँस्कृतिक साझेदारिमा खलल पुगि, सम्बन्ध  र सहकार्यका साझा आधारहरु खण्डित बन्ने परिस्थिति आईलागोस ।

हामि सबैले स्मरण गर्नुपर्ने महत्वपुर्ण कुरा, नेपाली सिमानामा दसकौंदेखि अतिक्रमण गरेर बसेको छिमेकि राष्ट्रको सैनकि पोष्ट हटेर नेपाली भूमि रिक्त गरिदिनु र नेपालको तर्फबाट उक्त अतिक्रमित भूमिका नेपाली प्रशासनिक पुहँच बिस्तार गरेर, दुर दराजका नेपाली जनतालाई तिनको दुखसुख सुन्ने, बुझ्ने, अनुभुति गर्ने तथा समाधान गर्न अग्रसर राज्य नामको कुनै चिज छ भन्नेकुराको प्रत्याभुति गराउनु भएकाले राज्यको भूमिका भर्खर सुरुमात्रै भएको हो। महत्वपूर्ण कार्य गर्न अझै बांकि भएका कारण, सत्ता केन्द्रित तथा सत्ताको परिधिमा बसेर सानाठुला लाभहरुको हिस्सेदार भएका बिभिन्न राजनीतिक दलहरु तथा तिनका नेत्रित्व तथा कार्यकर्ताहरूको क्षमता त अब उप्रान्तका दिनहरूमा पो गरने छ।

राज्यको बागडोर आफ्नो हातमा लिएर, सम्मानित ऐतिहासिक सत्तामाथी कटाक्ष गर्ने, आफ्नो ऐतिहासिकताको आधारशिला बाट खुट्टो बुरुक्क उठाएका तर स्थिती-गत्यात्मक प्रगतिको फेदटुप्पो नबुझेका भुइँफुट्टा नेतृत्वका अधिकांश नेतृत्वले हिजोको ऐतिहासिक नक्सा संशोधन गर्न बसेको सार्वभौम संसदको बैठकमा, अव्यवस्थित र असंगठित रुपमा बोलेका अभिव्यक्तिहरु न तिनले धारण गरेको राष्ट्रराज्य सिद्धान्त न पुजिवाद न समाजवाद न कम्युनिस्ट-पुजिवाद संग मेल खान्छन्। मेल खान्छ त सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान, स्थितिगत्यात्मक प्रगतिवाद संग। राजेन्द्र महतो देखि भिम रावल तथा पुष्प कमल दहाल देखि शेरबहादुर देउवा सम्मको अभिव्यक्तिले वीर पुर्खा तथा गौरवशाली इतिहासको स्मरण गराएको पृष्ठभूमिमा, अबको नेपाली राजनीतिक यात्रा उदार चरित्रको राष्ट्र र राष्ट्रियताको परिभाषा गर्ने नेपालको प्राचिनता प्रती गर्व गर्दै, ऐतिहासिक उपलब्धीहरुलाई बिज्ञानको बुद्धि र प्रविधिको प्रगतिको कसिमा राखेर धर्मको विवेक र सहृदयताको सम्बन्ध संस्थागत विकास तर्फ जान सक्ने प्रस्स्त संकेत देखिएको पृष्ठभूमिमा सहृदयताको झण्डा उठाएर, अनुसंधान, उधमशिलत र विकासको कार्यपद्धतिमा, विशिष्ट नेतृत्व, सामुहिक कर्तित्व र संस्थागत स्वामित्वको संगठन पद्धति लिएको र सभा, समिति र परिषदको संगठन सम्रचाना बाट नेपालको विविधता लाई अवसर र सम्भावना ठानी उदार नेपाली राष्ट्रियताको बिकास गरि राजनीतिक तथा साँस्कृतिक अधिकारहरु पृथकिकरण गरि समन्वित र समानान्तर बिकास गर्ने उन्नत युगको प्रवर्द्धन गर्न अग्रसर जरोकिलो महाअभियान तथा मौलिक जरोकिलो पार्टीले आफ्नो उपस्तिथि अझ प्रगाढ ढंगले प्रकटित हुन अनिवार्य बनेको छ।

लेखक : नुमनाथ प्याकुरेल, मौलिक जरोकिलो पार्टीका सर्वोच्च परिषद सद्स्य हुनुहुन्छ ।

Comments

ताजा खबर