काठमाडौं उपत्यकामा ५ जनामा देखियो कोरोना संक्रमण

२०७७, १ असार सोमबार १७:०४

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।

Comments

ताजा खबर