एकै दिनमा ४५१ जना कोरोना संक्रमित थिपए

२०७७, १ असार सोमबार १६:५६

पाल्पा । नेपालमा सोमबार ४ सय ५१ जाना कोरोनाभाइरस संक्रमित थपिएका छन् । याे स‌गै कुल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । पछिल्लाे २४ घण्टामा थपिएकाे याे संख्या एकै दिनमा संक्रमण पुष्टि भएकाे हालसम्मकै उच्च हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार हालसम्म कोरोना संक्रमण देखिएका १९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६७ जना कोरोनामुक्त भएका छन् । हालसम्म  कोरोनामुक्त हुनेकाे संख्या १ हजार ४१ जना रहेकाे मन्त्रालयले जनाएकाे छ ।

Comments

ताजा खबर