सोमबार टोकियोमा ४८ जनामा कोरोना संक्रमण

२०७७, १ असार सोमबार १३:०१

टोकियो । सोमबार १५ तारिख टोकियोमा एकैदिन ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।हिजो ४७ जनामा संक्रमण पुष्टि भएको थियो ।

सरकारले आपतकाल तथा अलर्ट हटाए पनि हामी आफैले भने सचेत हुन जरुरी छ ।किनकि दैनिक जीवन अझ व्यस्त हुँदै जानु र रात्रिकालीन व्यवसायहरु ईजागाय तथा अन्य रेस्टुरेन्टहरु पनि सामान्यरुपमा संचालन हुनथालेपछि, त्यस्ता स्थानहरुमा काम गर्ने तथा सेवा लिन जानेहरुमा समूहगत संक्रमण देखिन थालेको छ ।

 

 

Comments

ताजा खबर