पाल्पामा थप १७ जनामा कोरोना संक्रमण कुल ४० पुग्यो

२०७७, ३२ जेष्ठ आईतवार २०:०१

पाल्पा । आइतबार पाल्पामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या ४० पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पुष्टि भएकाहरु रम्भा गाउँपालिका १ का १६ र बगनासकाली गाउँपालिका ५ का एक जना रहेका छन ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार १६ जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण देखिनेहरु १३ देखि ४८ वर्ष उमेर समुहका रहेका छन । यस अघी २३ जनामा संक्रमण देखिएको थियो । जस मध्ये एक जनाको मृत्यु भएको थियो । यस अगाडी माथागढीका १४, रैनादेवीछहराका २, निस्दीका ३ र पूर्वखोला गाउँपालिका २ जना तथा रामपुर नगरपालिकाका २ जना व्यक्ति कोरोनाबाट सक्रमित भएका छन् ।
संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
संक्रमितहरु बढीरहदा सजग र सतर्कता अपनाउन आवस्यक छ । तर लकडाउन खुकुलो भएसंगै बजारमा चहलपहल बढेको छ भने तानसेन लगाएतका ग्रामीण बजार आंशिक रुपमा खुलेका छन ।

Comments

ताजा खबर