समयमै योजना सम्पन्न गरि खर्च सार्वजनिक गर्ने कार्य अनुशरणयोग्य – नगर प्रमुख शाही

२०७७, ३२ जेष्ठ आईतवार १४:००

पाल्पा । गतबर्ष पाल्पाको बासटारीमा आयोजना गरिएको मेलाबाट बचेको रकमले खेलामैदानको स्तरउन्नति गरिएको छ । पाल्पा वंशगोपाल कृषि, पर्यटन एवं सांकृतिक मेलामा बचत भएको ३ लाख रुपैयाँ बाघखोर खेल मैदानको स्तरउन्नतिमा खर्च गरिएको हो ।
तानसेन नगरपालिका ७ स्थित बाघखोर खेलमैदान स्तरउन्नतिको काम उपभोक्ता समिति मार्फत भैरहेको छ । सुर्यकुण्ड निर्माण उपभोक्ता समितिद्धारा उक्त खेल मैदानको काम गरिएको थियो । खेल मैदान निर्माणका क्रममा भएको आम्दानी खर्च एक कार्यक्रम का बिचमा सार्वजानिक गरिएको छ ।


कुल ८ लाखको बजेटबाट खेल मैदानको स्तरउन्नती गरिएको जसमा तानसेन नगरपालिकाको ५ लाख र पाल्पा वंशगोपाल कृषि, पर्यटन एवं सांकृतिक मेलाबाट बचेको ३ लाख रुपैयाँ नगद र उपभोक्ता समिति तथा वंशगोपाल युवा क्लबका सदस्यको जनश्रमदान बाट खेलमैदानको संरक्षण एबम स्तर उन्नति भएको छ क्लब तथा सुर्यकुण्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रदिप खनालले बताउनुभयो । खनाल भन्नुहुन्छ “मेला आयोजना गर्नुको उद्धेश्य अनुरुप बचत भएको रकम खेलमैदानको संरक्षणमा प्रयोग गरिएको हो परिवर्तनको लागि वंशगोपल युवा क्लबले आर्थिक सँगसँगैं श्रमदान समेत गर्दै यसको विकासमा महत्वपुर्ण भुमिका खेलेको छ ।” सार्बजनिक कार्यक्रममा प्रमुख अथितिको रुपमा सहभागी तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले खर्चको सार्वजनिक गरि सम्पन्न गरिएको उदाहारणीय कार्यले योजनाको पारर्दशीतालाई बुझ्न सहयोग पुग्ने बताउनुभयो । प्रमुख शाहीले समयमै योजना सम्पन्न गरि खर्च सार्वजनिक गर्ने कार्य आफैंमा अनुसरण योग्य रहेको भन्दै योजना सम्पन्न गर्न महत्वपुर्ण भुमिका खेल्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नुभयो ।
वडा नम्बर ७ का अध्यक्ष माधव जिसिले युवाहरुको साथ र सहयोगले वडाको विकासमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै आगामी दिनमा युवाहरुको सहकार्यमा वडाको थप विकासमा सहकार्य गरेर जाने बताउनु भयो । कार्यक्रममा तानसेन ५ का वडा अध्यक्ष राम बहादुर रावल, कार्यपालिका सदस्य भिम बहादुर कुमाल, वडा सदस्यहरु सुरेश कोइराला, मिना परियार लगायतको सहभागीता रहेको थियो । कार्यक्रम सामाजिक दुरी अपनाई उपभोक्ता समितिका सचिव दुर्गा पाण्डेको सञ्चालन र अध्यक्ष प्रदिप खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पछिल्लो समय सञ्चालित योजनाको खर्च सार्वजनिक नभईरहेको अवस्थामा खेल मैदानको निर्माण गरि खर्च सार्वजनिक गर्नु पारर्दशीताको नमुना प्रस्तुत हो । सबैले यस प्रकारकामको अनुशरण गर्न आवस्यक छ ।

Comments

ताजा खबर