पर्बतमा पहिरोले ८ घर पुर्यो २ को शव फेला ७ बेपत्ता

२०७७, ३१ जेष्ठ शनिबार २३:२८

पोखरा । पर्वतको कुश्मा नगरपालिका – ३ दुर्लुङमा गएको पहिरोमा परी दुईजनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन । शनिबारको भिषण वर्षाका कारण राति ९ बजे पहिरो गएको थियो । पहिरोमा परी ८ घर पुरिएका छन । कुश्मा ३ का वडा अध्यक्ष तेज प्रसाद पाध्याका अनुसार मृत्यु हुनेमा एकजना कमला विक रहेकी छन् भने अर्का एकजनाको पहिचान हुन सकेको छैन । अहिले उद्धारका लागि नेपाली सेनासहितको टोली घटनास्थल पुगेको छ । रातको कारण उद्घार गर्न कठिनाइ भएको जानकारी प्राप्त भएको छ । पहिरो सम्बन्धि थप बिबरण पछि दिने छौ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु