संविधान संशोधन विधेयक पारित गर्न प्रतिनिधि सभा बैठक

२०७७, ३१ जेष्ठ शनिबार १४:५०

काठमाडौं । नेपालको वास्तविक भू-भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक पारित हुँदै छ । सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ । जेठ २७ गते संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । संविधान संशोधन प्रतिनिधि सभामा सांसदहरूले दफाबार छलफल भैरहेको छ । छलफलपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ ।निर्णयार्थ प्रस्तुत विधेयक सर्बसम्मत पारित हुने देखिएको छ । राष्ट्रियताको बिषयमा सबै दलमा एकता देखिएको छ । विधेयक पारित भएर राष्ट्रपतिले लागू भएको घोषणा गरेसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ ।

Comments

ताजा खबर