युवाको आन्दोलन देशब्यापी बन्दै, प्रमुख शहरहरुमा शान्तिपूर्ण प्रदर्शन l

२०७७, ३१ जेष्ठ शनिबार १२:०८


३१ जेष्ठ, काठमाडौं ।
 कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा शुक्रबार पनि देशका प्रमुख शहरहरुमा शान्तिपूर्ण प्रदर्शन भएका छन् ।

शुक्रबार काठमाडौं उपत्यकाका बसन्तपुर, कीर्तिपुर, भक्तपुर, चन्द्रागिरी लगायत विभिन्न ठाँउमा युवाहरूले प्रदर्शन गरेका छन् ।

त्यसैगरी उपत्यका बाहिर बुटवल,पोखरा ,जनकपुर ,बिराटनगर बिर्तामोड, धनगढी, बनेपा, तनहुँ, पाल्पा, दाङ, हेटौंडा लगायतका शहरमा पनि युवा प्लेकार्ड बोकेर सडकमा निस्किएका छन् । केही दिनयता युवा तथा अभियान्ताहरूले स्वतस्स्फूर्त रूपमा विभिन्न मुद्दा उठाएर प्रदर्शन गर्दै आएका छन् ।

Locked Down

विशेषगरी पिसिआरको दायर बढाउनुपर्ने, आरडिटी परीक्षण बन्द गर्नुपर्ने लगायतमा माग राख्दै उनीहरूले प्रदर्शन गर्दै आएका छन् ।

हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरू लाम सडक पेटीमा दायाँ बायाँ शान्तिपूर्ण ढंगले सामाजिक दुरी कायम गर्दै उभिएका थिए । युवाहरुले प्ले कार्डमा कोरोना कोषको १० अर्व खोई ? आरडिटि परिक्षण खारेज गरी पिसिआर लागू गर, जनता भोकले मर्ने राष्ट्रपति गलैंचा फेर्ने, सुविधा युक्त क्वारेन्टाइन निर्माण गर, भ्रष्टाचार बन्द गर लगायत लेखेका थिए ।

प्रदर्शनकारिका ५ मुख्य मागहरु निम्न बमोजिम छन्:

१) १००% पिसिआर टेस्ट गराउनुपर्ने र टेस्टको दायरा बढाउनुपर्ने ।
२) क्वारेन्टाईन मृत्युशैया बनेका छन, भाईरस संक्रमणका केन्द्रबिन्दु बनेका छन त्यसैले तत्काल क्वारेन्टाईनको गुणस्तर सुधार गर्नुपर्ने ।
३) मेडिकल क्षमता विस्तार गर्नकासाथै, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मिक‍ो स्वास्थ्य सुरक्षा र स्वाभीमानको सुनिश्चितता गर्नुपर्ने ।
४) कोरोना नियन्त्रणमा खर्च गरिएको भनिएको १० अर्बको विषयगत र सुप्ष्ट पारदर्शिता सार्वजनिक गर्नुपर्ने ।
५) असक्षम र अकर्मण्य सरकार जाग र नागरिकको जीवन रक्षा गर ! जवाफदेहिता कायम गर !

कडा प्रदर्शन हुने देखेर व्यापक प्रहरी परिचालन भए पनि प्रदर्शनकारीले नाराबाजी नगरी शान्त भएर उभिएपछि प्रहरीले पनि अत्यन्तै संयमता अपनाएको देखिएको छ ।

यसअघिका प्रर्दशनमा पानीका फोहरा र अश्रुलग्यासको सामना गरेका प्रर्दशनकारी शुक्रबार भने मौन देखिएपछि प्रहरीपनि संमयम बनेको थियो । विगत तीन दिन यति युवाहरुले देशका विभिन्न शहरमा प्रदृशन गर्दे आएका छन् ।

 

Comments

ताजा खबर