नवलपरासी समाज जापानले सुस्ता पूर्वका दुई गाउपालिका लाई सामाग्री हस्तान्तरण ।

२०७७, ३१ जेष्ठ शनिबार ०७:३०

जापान । नवलपरासी समाज जापानले नवलपरासी सुस्ता पूर्वका दुई गाउपालिका लाई क्वरेन्टाइन ब्यबस्थापन को लागि चिहिने सामाग्री गण्डकी प्रदेश सांसद बिष्णु लामिछाने ज्यु बाट हस्तान्तरण गरेकोछ ।

नवलपरासी सुस्ता पूर्व नवलपुर बाट रोजगारीको, पढाई अथवा ब्यापार गर्ने को सिलशिलामा जापान आउनु भएका हरुले जापानमा रहुनु भएका नवलपरासी बाट आउनु भएका हरुलाई दु:ख सुखमा साथ दिन अनी आफ्नो जिल्ला मा परेका बिपत हरुमा पनि परदेश बाट पनि सहगोग गर्ने उदेश्यले नवलपरासी समाज जापान खोली निरन्तर जापानमा अनी आफ्नो जिल्लामा सहयोग गर्दै आएकोछ ।


संसार भरी कोभिड -१९ ले भयाभह भाईरहेकोछ यस्तो अवस्थामा आफ्नो देशमा पनि जटिल परिस्थिति हुँदै गहिरहेको साथै तेस्मा पनि आफ्नो जिल्ला नवलपरासी सुस्ता पूर्व मा रहेके पहाडी भेगमा रहेका बौदिकाली गाउपालिका र बुलिङटार गाउपालिका बाट क्वरेन्टाइन बेब्स्थापन गर्न आर्थिक , भौतिक सामाग्री हरु सहगोग गरिदिनुहुन भनी अनुरोध पत्र गोर्खाली भ्वाईसका डेट कमका अतिथि सम्पादक गोबिन्द लामिछाने मार्फत आएको समाजका उपाध्यक्ष बसु बस्ताकोटी ले बताउनुभयो । गाउपालिका पत्र पाए सगै यस्तो जटिल परिस्थिति लाई मध्यनजर राख्दै नवलपरासी समाज जापानका उपाध्यक्ष बासु बस्ताकोटीको अभियान मा जापान बाट एक लाख बिस हजार संकलन गरी बिस हजार काओसोती मा रहेको सुनौली बाट आएका हरुकालागी खाना खूवाउने ठाउमा बिस हजार अरु बाँकी रहेको ५० / ५० हजार बराबरको क्वरेन्टाइन लाई चाहिने सामाग्री किन्न को लागि ३ सदस्य खरिद समिती गराई क्वरेन्टाइन बेब्स्थापन मा चाहिले लत्ता कपडा स्वस्थे सामाग्री बौदिकाली गाउपालिका र बुलिङटार गाउपालिका लाई हस्तान्तरण गरेको छ ।


क्वरेन्ताईन बेब्स्थापन मा चाहिले लत्ता कपडा स्वस्थे सामाग्री गण्डकी प्रदेश सांसद तथा नवलपरासी सुस्ता पूर्वका नेपाली कांग्रेस जिल्ला सभापति बिष्णु लामिछाने ज्यु बाट दुबै गाउपालिका का अध्यक्ष हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रम मा गण्डकी प्रदेश सांसद बिष्णु लामिछाने ज्युले बोल्दै यस बिपतको घडीमा पनि बिदेश मा रहदा पनि आनो देश आफ्नो जिल्लाको यो माया यो सहयोगको लागि नवलपरासी समाज जापान प्रती धन्यवाद बेक्त गर्नुभयो ।

Comments

ताजा खबर