१३ नयाँ संक्रमित सहित झापामा कोरोना संक्रमितको संख्या १६९

२०७७, ३० जेष्ठ शुक्रबार २०:१७

जेठ २९, झापा ।।

झापामा कोरोनाको १३ नयाँ संक्रमित थपिएका छन् । आज संक्रमित हुनु हुनेमा कचनकवल र बाह्रदशी गाउँपालिकाको रहनु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईले दिनु भएको जानकारी अनुसार झापाका संक्रमितहरुमा कचनकवल गाउँपालिका वडा नं ३, ५ र ६ का १/१ जना र वडा नं ४ का ८ जना गरी ११ जना रहनु भएको छ ।

त्यस्तै बाह्रदशी गाउँपालिकाको वडा नं ३ र ५ का १/१ जना पुरुषहरु रहनु भएको छ । आजका झापाका १३ संक्रमितहरु १५ देखि ४९ बर्षसम्मका पुरुषहरु रहनु भएको फोकल पर्शन चौलागाईंले बताउनु भयो ।

संक्रमित सबैलाई पूर्वाञ्चल विश्व बिद्यालय विराटनगर पठाउने तयारी भइरहको चौलागाईंले बताउनु भयो ।

योसंगै झापामा मात्र संक्रमितको संख्या १६९ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या ९५ पुगेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु