तिनाउ नदीमा ट्याक्सी खस्यो एकजना गम्भिर घाइते

२०७७, ३० जेष्ठ शुक्रबार १६:२३

तानसेन । सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर नजिकै ट्याक्सी दुर्घटना भएको छ । बुटवल बाट तानसेन तर्फ आउँदै गरेको ट्याक्सी बुटवल पाल्पा सडक खण्डको हेडबक्स र सिद्धबाबा मन्दिरको बिचमा दुर्घटना भएको हो । दुर्घटना स्थलमा एक व्यक्ति गंभीर अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरिले जानकारी दिए । घाइतेलाई उपचार का लागी बुटवल लगिएको छ । दुर्घटनामा परेको गाडी तिनाउ नदिमा केही भाग डुबेको अवस्थामा रहेेको छ ।

दुर्घटना सम्बन्धि थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ रहेको छ । घटना सम्बन्धी बिस्तृत विवरण केही समयपछि अपडेट गर्नेछौं । तस्बिर : लक्ष्मण पोखरलको फेसबुक बाट

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु