नेपाल तरूण दल द्वारा खाद्यान्न राहत वितरण

२०७७, ३० जेष्ठ शुक्रबार १४:३१

सन्ताेष गहतराज, पाल्पा । नेपाल तरूण दल तानसेेेन नगरपालिका वडा न ८ ले राहत बितरण गरेको छ । वडा भित्रका ३० विपन्न घरपरिवारलाई शुक्रबार प्रहत स्वरुप खाद्यान्न बितरण गरेकाे हो ।


वडा भित्रका विपन्न घरपरिवारकाे छनाेट गरि प्रती परिवार २० किलाे (साभा मन्सुली) चामल र दाल, तेल, नुन लगाएतका अत्यावश्यक खाद्य बस्तुहरू वितरण गरेकाे नेपाल तरूण दल वडा न ८ का संयाेजक भेषराज सापकोटाले जानकारी दिए । उनका अनुसर कोरोनाको कारण विपन्न घरपरिवारकाे दैनिक जीवनयापनमा सहज हाेस भनी वितरण गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका सचिव अजयमान कर्मचार्यले तरूण दल वडा न ८ ले विपन्न परिवारलाई राहत प्रदान गरेकाेमा प्रशंसा गर्दै सबै नागरिकहरू एकता भएर काेराेनासँगकाे लडाइँ जित्न सक्ने भएकोले यसका लागि सबैले सहयाेग गर्नु पर्ने बताए । कार्यक्रममा यादव सिहं कार्की, माेहन कार्की, मधुदयाल शैजु लगाएतकाे उपस्थिति रहेको थियाे ।

Comments

ताजा खबर