भारत धेरै कोरोना संक्रमितको चौथो रास्ट्र

२०७७, ३० जेष्ठ शुक्रबार १४:१७

तानसेन । भारत कोरोना संक्रमणमा बिश्वको चौथो मुलुक बन्न पुगेको छ । पहिलो अमेरिका, दोश्रो ब्राजिल तेस्रो रुस पछि धेरै संक्रमण भएको चौथो मुलुक बनेको छ । कोरोनाभाइरसका कारण भारतमा एकैदिनमा करिब ११ हजार जना संक्रमित थपिएका छन् । सरकारी अधिकारीका अनुसार शुक्रबार पछिल्लो २४ घण्टामा १० हजार ९५६ जना संक्रमित भएको पुष्टि भएको हो ।
यो सँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ९७ हजार ५३५ पुगेको छ ।


भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ३९६ जनाको मृत्यु भएको जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार ४९८ पुगेको छ । भारतमा अहिले पनि १ लाख ४१ हजार ८४२ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमण मुक्त भएकाहरुको संख्या १ लाख ४७ हजार १९५ रहेको मन्त्रालयले जनाएको छ । भारतमा सवैभन्दा धेरै महाराष्ट्रमा मात्रै शुक्रबारसम्म ९७ हजार ६४८ जना संक्रमित भएका छन् ।
दोस्रो स्थानमा तमिलनाडु प्रदेश रहेको छ । यहाँ ३८ हजार ७१६ जना सङ्क्रमित रहेका छन् । यसैगरी दिल्ली राज्यमा ३४ हजार ६८७ जना संक्रमित रहेका छन् ।
भारतमा संक्रमण बढीरहदा नेपालमा यसको प्रभाब देखिएको छ । नेपालमा अहिले संक्रमण भएका मध्ये धेरै जना भारत बाट आएकाहरु रहेका छन ।

Comments

ताजा खबर