सरकारलाई दबाब दिन युवाहरूको तानसेनमा प्रदर्शन

२०७७, ३० जेष्ठ शुक्रबार १३:११

पाल्पा । बिहान १० नबज्दै तानसेनको सडकमा चहलपहल बढ्यो । स्वस्फूर्त रुपमा प्लेकार्ड सहित उपस्थित भएका युवाहरुले शान्तिपूर्ण रुपमा सरकारको विरोध प्रदर्शन गर्न भेला भए । युवाको प्रदर्शनमा सामाजिक दुरी कायम छ । साथमा नेपालको झण्डा पनी छ ।

विहान १० देखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडी मख्खन्टोल सडक भरी लाइनबद्द भएर प्रदर्शन गरे । एकातिर प्रहरीको लाइन छ भने अर्को तिर आम्मेसाम्मे भएर प्रदर्शनकारी युवा छन । राजनैनिक रुपमा नभई स्वतस्फुर्त रुपमा भ्रष्टाचार र कोडिभ १९ को बारेमा सरकारलाई दबाब दिन प्रदर्शन गरिएको उनिहरुको दाबी छ । प्रदर्शनका क्रममा उनिहरुले बिकेका प्लेकार्डमा पिसिआर टेस्ट गराउनुपर्ने, टेस्टको दायरा बढाउनुपर्ने, प्रार्थमिकता के मा कार्पेटमा कि जनताको खाली पेटमा ?, हाम्रो देश हाम्रो गर्व कहाँ गयो १० खर्ब, बाचुन्जेल हाहाकार मरेपछी PCR, मेडिकल क्षमता विस्तार गनुपर्ने, लगायतको नारा बोकका छन् ।

पाल्पा लगाएत देशव्यापी प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले लकडाउनमा प्रदर्शन गरे ६ सय जरिवानादेखि ६ महिनासम्म जेल हाल्ने चेतावनी दिएको थियो । उक्त चेतावनीका बाबजुद् पनि देशका विभिन्न ठाउँमा प्रदर्शनहरू भइरहेका छन्।

Comments

ताजा खबर