गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

२०७७, ३० जेष्ठ शुक्रबार ०७:२७

पोखरा । गण्डकी प्रदेशमा ४ जिल्लाका ३७ जना नयाँ कोरोना संक्रमीत थपिएका छन । पछिल्लो अध्यावधिक (शुक्रवार बिहान) विवरण अनुसार हालसम्म गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या १ सय ८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय रामघाट पोखरा द्वारा प्रकाशित बिज्ञप्तीमा उल्लेख छ ।
निर्देशनालयका अनुसान नयाँ पुष्टी भएका संक्रमितहरु पर्वतका १३, स्याङ्गजाका २२, नवलपुरका १ र तनहुँका १ गरी कुल ३७ जना रहेका छन । संक्रमण भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनिहरुलाइ सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानाएको छ ।

Comments

ताजा खबर