बारीका मकै फाैजीकिराले क्षति पुर्‍याएपछि किरा नियन्त्रणको अभियान सुरु

२०७७, २९ जेष्ठ बिहीबार २२:१७

सन्ताेष गहतराज, पाल्पा । अहिले कृषकका खेतवारि हरियाली छन । बारीमा मकै देख्न सकिन्छ । काेराेनाकाे प्रभावले पनि याे बर्ष गाउँमा बाझो रहेका खेतवारि खनजाेत गरि खेती गर्ने अभियान चलेको छ ।
कोरोना महामारीका कारण घरमा बन्दी भएपछि मानिसहरुको रुचि कृषिमा बढिरहेको छ । कृषकको यो जांगर लाई पछिल्लो समयमा कृषि उपजमा लाग्ने विभिन्न रोगले सताएको छ । कृषकले लगाएको मकैबारीमा फाैजी किराले अाक्रमण गरे पछि कृषकहरूले चिन्तित बनेका छन ।


यो अवस्थामा बग्नासकाली गाउँपालिकाले कृषकको राहतका लागि किरा नियन्त्रणगर्ने अभियान चालेको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट १ लाख ५० हजार बजेट छुट्टयाएर मकैमा लागेको किरा नियन्त्रणको लागी क्षतिको आधारमा बिषादी वितरणकाे कार्यलाइ तिव्रता दिएकाे छ । गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालका अनुसार कृषकले लगाएको खाद्यान्न बालीमा फौजीकीराले क्षति पुग्याएकाे अवस्थामा खाद्य सुरक्षा र उत्पादकत्व बृद्धि गर्ने उद्धेश्यले क्षति न्युनिकरणका लागि बिषादी वितरण गरिएको छ । अहिले एक त लकडाउनले कृषकहरू बिषादी खरिद गर्न एग्रोभेट सम्म जान सक्ने अवस्थामा नभइरहेको स्थितीमा सहजताका लागि गाउँपालिकाले बिषादी वितरणकाे कार्यलाई तिव्रता दिएको अध्यक्ष बश्यालको भनाइ छ । गाउँपालिकाका कृषि प्राविधिक राजेश बाेहाेराका अनुसार अहिले वगनासकाली गाउँपालिकामा फाैजी किराकाे अाक्मण बढेकोले पालिकाका सबै वडाका कृषि प्राविधिकहरूकाे राेहबरबाट क्षतिकाेकाे अाधारमा नियन्त्रणका विभिन्न विधिहरूका बारेमा जानकारी दिने र अावश्यकताका हेरी नि:शुल्क विषादी वितरण गरिएको जानकारी दिए ।
पाल्पाको धेरै स्थानमा फाैजी किराकाे आक्रमण बढेकाे छ । फाैजी किराले मकैकाे सुईरा खाइदिन्छ र मकैकाे फेदमा गएर बस्ने गर्दछ जसले गर्दा मकै हुर्कन दिदैन ।

Comments

ताजा खबर