शर्तसहित खुकुलो भएको लकडाउनमा के खुल्छ के खुल्दैन

२०७७, २९ जेष्ठ बिहीबार २१:०८

पाल्पा । कोरोना भाइरस संक्रमण रोकथामका लागी जारी लकडाउनले सर्वसाधरण नागरिक र सिङ्गो देशकै आर्थिक क्रियाकलाप ठप्प बनेपछि सरकारले विभिन्न शर्तसहित खुकुलो बनाउने नीति लिएको छ ।

८० दिन लामो लकडाउन मन्त्रिपरिषद्को बुधबार अबेर रातीसम्म बसेको बैठकले खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको हो । कोरोना भाइरस रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको प्रस्ताव अनुसार मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
सार्वजनिक भएको २१ दिने योजनामा सर्बसाधारणले कस्ता गतिविधि संचालन गर्न पापाउछन् र कस्ता गतिविधिमा प्रतिबन्ध जारी छ । हेरौ ।
सञ्चालनमा आउने क्षेत्र :

  • स्वास्थ्यसँग सम्बन्धित सबै सेवा (निजी क्लिनिक समेत) ।
  • कृषि क्षेत्र : उत्पादनदेखि वितरणसम्म ।
    उद्योग व्यापार, व्यसाय, पसल, डिपार्टमन्ट स्टोर्स खुल्ला गर्ने ।
  • सबै प्रकारका ढुवानीहरु सञ्चालनमा ल्याउने ।
  • व्यक्तिको पैदल आवागमन खुला ।
  • साइकल र मोटरसाइकल (मोटरसाइकलमा १ जना) सवारी गर्न पाइने ।
  • उपत्यकाभित्रको हकमा उपत्यकाका तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्रका निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने ।
  • फोहारमैला व्यवस्थापन काम यथावत रुपमा अगाडि बढ्ने ।
  • बैंक तथा वित्तीय संस्था खुल्ला ।
  • नर्सरी र वनजन्य उद्यमहरु ।
  • विकास आयोजनाहरु ।
  • रेस्टुरेन्टबाट खानेकुरा लैजान पाइने (टेक अवे सर्भिस) ।
  • क्वारेन्टिनका लागि तोकिएका होटल र यातायात सञ्चालन गरिने ।
  • सरकारी कार्यालयहरु सञ्चालन गरिने ।
  • शिक्षण संस्थाका कार्यालय सञ्चालन गरिने । (पठनपाठन बाहेक)
  • गैरसरकारी संस्थाका कार्यालयहरु सञ्चालन गरिने ।
  • सार्वजनिक तथा जोर–बिजोर प्रणालीमा लागू हुने गरी निजी सेवा प्रदायक कार्यालयहरुका गाडी सञ्चालन गर्न पाइने ।

सञ्चालन गर्न नपाइने क्षेत्रहरु :

  • शैक्षिक संस्थाहरु (यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु
  • अनुमति प्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरु ।
  • तोकिए बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवत–जावत ।
  • सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार ।
  • सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।
  • सिनेमा हल, पार्टी प्यालेस, डान्स बारलगायतका मनोरञ्जनस्थल ।
  • सार्वजनिक पुस्तकालय, संग्रहालय, चिनियाखाना ।
  • स्पा, सैलुन र ब्यूटीपार्लर ।
  • स्विमिङ पुल, जिमखानालगायतका हेल्थ क्लबहरु ।
  • सपिङ मलहरु ।
  • समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतीहरु ।
  • सबै प्रकारका धार्मिक तथा सामाजिकस्थलहरु ।
  • यात्रुबाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधन समेत ।
  • काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोही सम्बिन्धत जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधन बाहेकका अन्य निजी सवारी साधन ।
Comments

ताजा खबर